बजेट भनेको के हो ? What is budget?
- कुनै पनि निश्चित समयावधिको आय र व्ययको अनुमानित विवरणलाई बजेट भनिन्छ।
- बजेट प्रक्रिया प्रशासकीय व्यवस्थापनको मुटु हो।
- बजेट आर्थिक प्रशासनको मेरुदण्ड हो।
- सरकारद्वारा प्रस्तावित कार्यक्रमको रुपरेखा हो।
- यसमा राजस्व असुली र व्ययको अनुमान बारे स्पष्ट व्यवस्था गरिएको हुन्छ।
- बजेट निश्चित समयको लागि बन्दछ यसको स्वीकृति विधायिका बाट हुन्छ ।
बजेटको उदेश्य (purpose)
- बिकास कार्यलाई प्रोत्साहन गर्नु।
- औधोगिक बिकास
- रोजगारीका अवसरहरु सिर्जना गर्नु
- आन्तरिक एवं बाह्य स्रोतको परिचालन
- सामाजिक हित एवं कल्याण गर्नु
- मौद्रिक नीतिमा सन्तुलन ल्याउनु ।
बजेट कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन ?
What are the things to consider while implementing the budget?
बजेटको महत्त्वपूर्ण पक्ष भनेको त्यसको सफल कार्यान्वयन नै हो।कार्यान्वयन पक्ष जति प्रभावकारी हुन्छ उक्त बजेट त्यति नै सफल मानिन्छ ।बजेट कार्यान्वयन गर्दा जहिले पनि निम्न कुरामा ध्यान दिनु पर्छ।
- निर्धारित समयमा बजेट निकासा गर्ने,
- वित्तीय संकट आउन नदिने,
- तालिकाअनुसार कार्य गर्ने बाताबरणको सिर्जना गर्ने,
- दण्ड र पुरस्कार प्रणालीको प्रयोग गर्ने,
- कार्य सम्पादन प्रक्रियाको आधारमा रकम भुक्तानी गर्ने,
- भ्रष्टाचार र अनियमितताको नियन्त्रण गर्ने ,
- लेखापरीक्षणलाई प्रभावकारी बनाइनु पर्ने,
- कार्यप्रगति विवरणको समिक्षा,
- प्रभावकारी अनुगमन र मुल्यांकन व्यवस्था लागु गर्ने,
बजेट चक्र (budget cycle )
राज्री संचालन प्रक्रियामा बजेट निरन्तर रूपमा चलिरहने प्रक्रिया हो। कुनै निश्चित समयावधिका लागी तयार गरिने बजेट उक्त अवधि समाप्त भयपछी अर्को आर्थिक बर्षमा पुनः तर्जमा गर्नुपर्ने हुन्छ। कुनै पनि बजेट तर्जुमा गर्दा यसले विभिन्न चरण पार गर्नुपर्ने हुन्छ जसमा अनुमान , स्वीकृती, भुक्तानी, लेखापरीक्षण एवं मुल्यांकन आदि चरणहरु समावेश हुन्छन् जसलाई नै बजेट चक्र भनिन्छ । यसका चरण यसरी देखाउन सकिन्छ ।
- अनुमान
- स्वीकृति
- भुक्तानी
- लेखापरीक्षण
- मुल्यांकन
Thanks
ReplyDeleteNice sir
ReplyDelete