मानव संसाधन व्यवस्थापन भनेको के हो? यसका उद्देश्य, कार्य, विशेषता र चुनौतीहरु के के हुन् ?


मानव संसाधन व्यवस्थापन भनेको के हो?what is Human Resource Management?

  संगठनको लक्ष्य हाँसिल गर्नको लागि मानव संसाधनको प्रभावकारी उपयोग गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियालाई मानव संसाधन व्यवस्थापन भनिन्छ। यसअन्तर्गत मानव संसाधनको प्राप्ति (acquisition), विकास development ), उपयोग (utilization) र सम्भार (maintenance) सम्बन्धी कार्यहरु पर्दछन् । संगठनको लक्ष्य हासिल गर्नको लागि मानव संसाधन व्यवस्थापन अन्तर्गत यसका सम्पूर्ण कार्यहरूको प्रभावकारी योजना तर्जुमा गरिन्छ र उपलब्ध संसाधनको अधिकतम सदुपयोग गरिन्छ।
अझै स्पष्टको लागि
  • मानव संसाधनले संगठनमा कार्यरत सम्पुर्ण कामदार एवं कर्मचारीलाई जनाउन्छ।
  • मानव संसाधन बिना संगठन मृत्युतुल्य हुन्छ ।
  • संगठन भित्र रहेका औजार , यन्त्र , कच्चापदार्थ ,बैंक मौज्दात जस्ता सम्पूर्ण भौतिक साधनलाई गति प्रदान गर्नको लागी मानव संसाधन अत्यावश्यक छ।
  • आफुले चाहेबमोजिम अरुबाट कार्यसम्पादन गराउनु र लक्ष्य हासिल गर्नु नै व्यवस्थापन हो।
  • यस अन्तर्गत लक्ष्य हासिल गर्नका लागि (POSD Co) योजना तर्जुमा गर्ने, संगठन गर्ने, कर्मचारी व्यवस्थापन गर्ने , निर्देशन गर्ने तथा नियन्त्रण गर्ने जस्ता सम्पुर्ण क्रियाकलापहरु पर्दछन।
  • कर्मचारी व्यवस्थापनको विकसित रुप नै मानव संसाधन व्यवस्थापन हो।

मानव संसाधन व्ययवस्थापनका उदेेेश्यहरु (Objectives of HRM)

संगठन अनेक प्रकारका हुन्छन्।  संगठनको लक्ष्य अनुसार मानव संसाधन व्यवस्थापनको उद्देश्यमा पनि भिन्नता आउन सक्छ। वास्तवमा संगठनको लक्ष्य हासिल गर्नका लागि उपलब्ध साधनहरूको प्रभावकारी परिचालन गर्नु, उत्पादकत्व वृद्धि गर्नु, कार्य सन्तुष्टि बढाउनु , HR planning गर्नु पनि यसको मुख्य उद्देश्य हो । यसका उदेश्यलाई बुदागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ।
  1. संगठनात्मक उदेश्य (organizational Goal)
  2. सामाजिक उदेश्य (Social Goal)
  3. कार्यगत उदेश्य (Functional Goal)
  4. व्यक्तिगत उदेश्य (Individual Goal)
  5. लक्ष्य समन्वय (Goals Harmony
1.संगठनात्मक उदेश्य (organizational Goal)

संगठनका अनेक लक्ष्य एवं उदेश्यहरु हुन्छन् । ति उद्देश्यहरु मुनाफा आर्जन सम्बन्धि, सेवासम्बन्धी अथवा विस्तार विकाससम्बन्धी पनि हुनसक्छन् ।संगठनको उद्देश्य हासिल गर्नको लागि उपलब्ध मानव संसाधनको अधिकतम सदुपयोग गर्नुपर्दछ।

2. सामाजिक उदेश्य (Social Goal)

मुनाफा आर्जन गर्नु मात्र संगठनको उद्देश्य होइन। समाज र देश प्रति  पनि संगठनको निश्चित दायित्व हुन्छ। उपभोक्ताहरुलाई न्यूनतम  मुल्यमा स्तरीय वस्तु उपलब्ध गराउने, प्रदुषण  नियन्त्रण गर्ने,  रोजगारी वृद्धि गर्ने, कर्मचारी कल्याण सम्बन्धी कार्यहरु संगठनको सामाजिक दायित्व भित्र पर्दछन् र संगठनले ती सामाजिक दाइत्व पुरा गर्नु पर्दछ।

3.कार्यगत उदेश्य (Functional Goal)

निर्धारित लक्ष्य हासिल गर्नका लागि संगठनमा अनेक प्रकारका कार्यहरु गर्नु पर्दछ। ति कार्यहरु प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण उद्देश्य हो । यसअन्तर्गत संगठनका लागि उत्कृष्ट जनशक्ति प्राप्त गर्ने विकास गर्ने, उत्प्रेरणा गर्ने, उपयोग गर्ने र सम्भार गर्ने सम्बन्धी कार्यहरु पर्दछन् । संगठनमा अधिक कर्मचारी नहोस् र न्युन कर्मचारी पनि नहोस अर्थात् संगठनको आवश्यकताअनुसार उचित सिप र योग्यता भएका आवश्यक संख्यामा मात्र मानव संसाधन होस् । यसले कार्यगत उद्देश्य हासिल गर्न मद्दत गर्दछ।

4. व्यक्तिगत उदेश्य (Individual Goal)

मानव संसाधन व्यवस्थापनको अर्को उद्देश्य कर्मचारीहरुको व्यक्तिगत आकांक्षा पुरा गर्नु हो । कर्मचारीहरुलाई पर्याप्त तलब , ज्याला , सुरक्षा व्यवस्था मिलाउने,  वृद्धि विकास गर्ने, कार्य सन्तुष्टि प्रदान गर्ने आदि व्यवस्था गरि मानवसंसाधन व्यवस्थापकले कर्मचारीहरूको व्यक्तिगत उदेश्य पुरा गर्दछ।

5. लक्ष्य समन्वय (Goals Harmony)

संगठनमा विविध पक्षहरु हुन्छन् जस्तै लगानीकर्ता, व्यवस्थापक, कर्मचारी उपभोक्ता आदि।यि पक्षहरूको लक्ष्य र चाहना पनि फरक फरक हुन्छन् ।लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा र अधिक प्रतिफल चाहन्छ ।व्यवस्थापक अधिक उत्पादकत्व र प्रतिफल चाहन्छ। कर्मचारी कम मेहनतमा बढी पारिश्रमिक चाहन्छन्। यस्तै उपभोक्ताहरुले न्यून मूल्यमा स्तरीय  सामान र सेवाको अपेक्षा राख्दछन। यि सम्पुर्ण लक्ष्यहरु बीच तालमेल मिलाउनु, सन्तुलन कायम गर्नु तथा समन्वय गर्नु पनि HRM को उदेश्य हो।

मानव संसाधन व्यवस्थापनका कार्यहरु (functions of Human resources Management )

संगठनको प्रकृतिअनुसार मानव संसाधन व्यवस्थापनका कार्यमा केही बिबिधता आउन सक्छ। समग्र रूपमा  मानव संसाधन व्यवस्थापनका कार्यहरु निम्नानुसार छन्।

1. मानव संसाधनको प्राप्ति ( Acquisition of HR)

संगठनको सफलता कर्मचारीको सक्षमतामा निर्भर रहन्छ। यसर्थ, व्यवस्थापकले सक्षम र योग्य कर्मचारीहरुको प्राप्त गर्नुपर्दछ । यसका प्रभावकारी भर्ना, छनौट, पदस्थापना, मानव संसाधन योजना र सामाजिकीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ।

2.मानव संसाधनको विकास (Development of HR)

संगठनको लक्ष्य प्राप्तिका लागि सिपयुक्त र योग्य मानव संसाधन आवश्यक पर्दछ। संगठनको आवश्यकता अनुरुप कर्मचारीलाई  सिप, योग्यता तथा क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालन गर्नुपर्दछ। परिवर्तित वातावरण अनुसार नयाँ सीप र ज्ञान सिकाउनुपर्छ।

3.मानव संसाधनको उपयोग ( Utilization of HR)

प्रभावकारी ढङ्गबाट मानव संशाधनको प्राप्ति तथा विकास कार्य गरिसकेपछि तेस्रो चरणमा उनीहरूको अधिकतम उपयोग गर्नु पर्दछ। यो नै मानव संसाधन व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण कार्य हो । यो चुनौतीपूर्ण पनि हुन्छ । यस अन्तर्गत HR लाई प्रभावकारी उत्प्रेरणा प्रदान गर्ने, कार्यसम्पादन मुल्यांकन गर्ने, पारिश्रमिक व्यवस्था गर्ने, पुरस्कार व्यवस्थापन गर्ने, अनुशासन कायम गर्ने , कार्यभार सुम्पने, मार्गदर्शन प्रदान गर्ने जस्ता कार्यसम्पादन गर्नु पर्दछ ।

4.मानव संसाधनको सम्भार (Maintenance of HR)

सीपयुक्त, निपूर्ण तथा कितिबद्व कर्मचारीहरु संगठनका अमुल्य सम्पत्ति हुन्।यसको उचित सम्भार गर्नुपर्छ। राम्रो कर्मचारीलाई कार्य सन्तुष्टि  दिन तथा संगठनमा टिकाइ राख्नु नै मानव संसाधनको सम्भार गर्नु हो। असल मानवीय सम्बन्ध कायम गर्ने, असल कार्यवातावरण कायम गर्ने, कर्मचारी कल्याण गर्ने कार्यक्रम संचालन गर्ने, मानव संसाधन अभिलेख गर्ने जस्ता कार्यहरु प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्नु पर्छ।

मानव संसाधन व्यवस्थापनका चुनौतीहरु ( Challenges of HRM)

आज संगठनहरु बीच प्रतिस्पर्धा बढेको छ। संगठनको स्वरुप र आकार झन झन ठूलो हुदै गएको छ। उपभोक्ता एवं कर्मचारीहरु चेतनशील र सचेत भएका छन् । यस्तो गहन परिस्थितिमा मानव संसाधनको प्रभावकारी व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण भएको छ। परिवर्तनशील वातावरणले यसलाई अरु बढी चुनौतिपूर्ण बनाइदिएको छ। समग्ररुपमा मानव संसाधन व्यवस्थापनका चुनौतीहरु निम्नानुसार छन।

  1. विश्वव्यापीकरण
  2. प्राविधिक परिवर्तन
  3. श्रमशक्तिमा विविधिकरण
  4. परिवर्तन व्यवस्थापन
  5. जटिलता
  6. कानुनी वातावरण
  7. सिकाइ संगठन
  8. नयाँ चासोहरु
  9. अस्थायी कर्मचारी

मानव संसाधन व्यवस्थापनका विशेषताहरु ( Features of HRM)

कर्मचारी व्यवस्थापनको बिकसित रुप नै मानव संसाधन व्यवस्थापन हो। HRM  मुख्यतया संगठनमा कार्यरत कर्मचारीसँग सम्बन्धित छ। संगठनको लक्ष्य हासिल गर्नका लागि कति जनशक्ति आवश्यक छ, उनीहरूको सीप र योग्यता कतिहुनु पर्छ, उनीहरुलाई कसरी भर्ना गर्ने, छनोट गर्ने, तालिम  दिने उत्प्रेरणा गर्ने भन्ने बारे HRM मा योजना तर्जुमा गरिन्छ र कार्यान्वयन गरिन्छ । HRM का मुख्य  विशेषताहरु निम्नानुसार छन।
  1. कार्यरत मानिसको व्यवस्थापन
  2. कर्मचारी सम्बन्धी
  3. पर्णाली
  4. निरन्तर प्रकृति
  5. कर्मचारी विकास
  6. संगठन व्याप्त
  7. सामाजिक दायित्व
  8. विश्वव्यापी उपयोग
  9. लक्ष्य समन्वय
  10. रणनीतिक कार्य
  Thank you so much 

1 comment:

Please do not enter any spam link in the comment box

  What is human resource management?  What are its objectives, functions, characteristics and challenges? What is Human Resource Management?...