भर्ना तथा छनोट भनेको के हो? what is recruitment ?

भर्ना भनेको के हो? what is recruitment ?



विभिन्न कारणले संगठनमा नयाँ कर्मचारी आवश्यक हुन्छ। संगठनको आवश्यकता अनुसार योग्य उम्मेदार खोज्ने तथा आवेदन भर्न लगाउने प्रक्रियालाई भर्ना भनिन्छ। कामको प्रकृति र स्तर अनुसार  सही व्यक्तिलाई सही स्थानमा हुने गरी भर्ना कार्यक्रम सञ्चालन गर्नुपर्छ। भर्नाको मूल उद्देश्य छनोट प्रक्रियाको लागि उम्मेदवारको संख्या वृद्धि गर्नु हो। उम्मेदवारहरूको संख्या जति बढी हुन्छ त्यतिनै अनुपातमा छनोट प्रक्रिया  प्रभावकारी हुन्छ। यसबाट संगठनले उत्कृष्ट कुशल एवं योग्य कर्मचारीका प्राप्त गर्दछ।
                संगठनको सफलता मुख्य रुपमा मानव संसाधनमा निर्भर गर्दछ। तसर्थ कर्मचारी भर्ना गर्दा निकै सतर्कता अपनाउनु पर्छ। यदि सक्षम र योग्य  व्यक्ति भर्ना गर्न सकिएन भने यसले संगठनलाई नकरात्मक

भर्नाका स्रोतहरु (Sources of recruitment )

संगठनभित्र रिक्त पदको लागि सम्भावित उम्मेदवारहरु खोजी गर्ने कार्यलाई भर्ना  भनिन्छ। संगठनमा विभिन्न स्तर तथा प्रकृतिका मानव संसाधन आवश्यक पर्दछन्।  संगठनले आफ्नो आवश्यकता बमोजिम मानव संसाधन प्राप्त गर्ने मुहानलाई भर्नाको स्रोत भनिन्छ। भर्नाका मुख्य दुई स्रोतहरु छन्।

1. भर्नाका आन्तरिक स्रोतहरु ( Internal Sources of Recruitment)

संगठनमा कार्यरत मानव संसाधनहरु भर्नाका आन्तरिक स्रोतहरु हुन् । उनीहरु मध्येबाट संगठनको आवश्यकताअनुसार योग्य कर्मचारीलाई नियुक्त गरी पदपूर्ति गर्न सकिन्छ।भर्नाका आन्तरिक स्रोतहरू (Internal Sources) निम्नानुसार छन्।
१. बढुवा (Promotion)
२. स्थानान्तर (Transfer)
३. घटुवा (Demotion)
४. पुनर्नियुक्ति (Rehiring)
५. दिवंगत कर्मचारीका नातेदार (Relatives of deceased
employees)

2. भर्नाका बाह्य स्रोतहरु (External Sources of Recruitment)

संगठन बाहिर स्कूल, कलेज,  विश्वविद्यालय, शिक्षालय तथा ईन्स्टिच्युटबाट अध्ययन गरिसकेका जनसमुदाय समाजमा रहेका मानव संसाधन बजारलाई भर्नाका स्रोत भनिन्छ। संगठन बाहिरबाट कर्मचारी भर्ना गर्ने मुख्य स्रोतहरु निम्नानुसार छन्।

बाह्य स्रोतहरू
External Sources
१. शैक्षिक संस्था (Educational Institutes)
२. रोजगार कार्यालय (Employment exchanges)
३. रोजगार एजेन्सी (Professional associations)
৪. पेशागत संघहरू (Professional association)
५. सिफारिसमा भर्ना (Recruitment on recommendation)
६. कारखाना ढोकामा भर्ना (Recruitment at factory gate)
७. स्वःफूर्त निवेदन (Unsolicited applications)
८. श्रम बजार (Labour market)

आन्तरिक स्रोतका फाइदाहरु (Advantages of Internal Recruitment)

उत्प्रेरणा वृद्धि
नैतिकता  बुद्धि
कार्यसन्तुष्टि वृद्धि
उत्कृष्ट निर्णय हुने
कटिबद्वता (Committment) वृद्धि
मनोबैज्ञानिक आवश्यकता 
मितव्ययिता हुने
धेरै तालिसको आवश्यकता नपर्ने।
कर्मचारीको पारिश्रमिकमा वृद्धि हुने
सामाजिक दावित्व पुरा हुने।
कर्मचारीको स्थिरतामा सहयोग हुने
श्रमिक संघ खुशी
भरपर्दाे कर्मचारी प्राप्त
अधिकतम सदुपयोग

आन्तरिक भर्ना स्रोतका बेफाइदाहरु (Disadvantages of Internal Recruitment)

(का कुण्ठित मानव संसाधन (Dul HR)
(ख) विवाद (Confict) हुनसक्ने।
(ग) सीमित विकल्म (Limited alternatives)
(घ) नयाँ सीपको अभाव (Lack of new skill)

बाह्य भर्नाका फाइदाहरू (Advantages of External Recruit

(क) योग्य उम्मेदवार प्राप्त  (Suitable candidates)
(ख) विवादरहित (Out of conflict)
(ग) न्यून लागत (Low cost)
(घ) मेहनती (Painstaking)
(ड) मिश्रित स्रोत (Mixed sources)
(च) नयाँ सीप र योग्यता (New skills and qualification)
(छ) दीर्घकालीन लाभ (Long term benefits)
(ज) सामाजिक दायित्व पुराहुने (Social responsibility)

बाह्य भर्ना स्रोतका बेफाइदाहरू (Disadvantages of External Recruitment)

(क) इमानदारिताको अभाव (Lack of honesty)
(ख) उत्प्रेरणाको अभाव (Lack of motivation )
ग) खर्चिलो (Costly)
घ) जोखिम (Risk)
ड) धेरै तालिमको आवश्यकता (Training)
च) कर्मचारी अस्थिरता (Unstability)

छनोटको अवधारणा (Concept of Selection)

कुनै खास पदका लागि दरखास्त दिने आवेदकहरु मध्येबाट संगठनका लागि उत्तम उम्मेदार छान्ने प्रक्रियालाई छनोट भनिन्छ्।  संगठनमा भर्ना प्रक्रिया समाप्त भएपछि छनोट प्रक्रिया सञ्चालन गरिन्छ।  छनोट प्रक्रियामा उम्मेदवारहरू मध्येबाट अयोग्य व्यक्तिलाई हटाउदै जान्छ र अन्तमा उत्कृष्ट  सीमित उम्मेदवारहरु मात्र बाँकी रहन्छन्। जसलाई सम्बन्धित पदमा नियुक्ति गरिन्छ्। भर्नाले उम्मेदवारहरूको ठूलो समूह सिर्जना गर्दछ भने छनोटले उक्त समूहबाट योग्यता र सक्षमता सम्बन्धित जाचं गरी उक्तम उम्मेदवारहरु केलाउने काम गर्दछ।

छनोट प्रक्रिया (Selection Process)

१. प्रारम्भिक अन्तर्वार्ता (Preliminary Interviews): यस चरणमा आवेदन फर्म भराउनु अगाड़ि सम्भावित उम्मेदवारहरूलाई प्रारम्भिक सोधपुछ गरिन्छ।उनीहरूको न्यूनतम योग्यता छ, छैन भन्ने कुरा जाँच गरिन्छ ।
२. आवेदन फर्म (Application Form): यस चरणमा उम्मेदवारहरूलाई आवदेन फर्म भर्न लगाइन्छ, जसमा व्यक्तिगत जानकारी (Personal informtion), शैक्षिक योग्यता (Academic qualification), अनुभव (Experience), अभिरूचि (Hobby), सिफारिश (Recommendation) जानकारीहरू समावेश हनुपर्दछः
 ३, छनोट जॉँच (Selection Test): छनोट जाँच कार्यगत ज्ञानसम्बन्धी परीक्षा हो । यो जाँच निम्नानुसार लिन सकिन्छ
क. कार्यसम्पादनको जाँच (Performance test)
ख. बौद्धिक जाँच (Intelligence test)
ग. व्यक्तिगत जाँच (Personality test)
घ. सीप जाँच (Skill test)
४. गहन अन्तर्वार्ता (Comprehensive Interview): पूर्वनिर्धारित स्थान र समयमा उम्मेदवारहरूलाई बोलाएर लिइने अन्तर्वार्तालाई गहन अन्तर्वार्ता भनिन्छ।यसमा हरेक उम्मेदबारलाई छट्टाछट्टै समयावधि निर्धारण गरिएको हुन्छ ।
५. पृष्ठभूमि (Background Investigation): यस चरणमा पहिले अन्यत्र काम गरिसकेको उम्मेदवारहरूको चरित्रवारे सोधपुछ गरिन्छ । निवेदकसँग राम्रो जानपहिचान भएको, तर नाता नपर्ने प्रतिस्ठित अधिकारीसँग सोधपुछ गरेर उम्मेदवारको पृष्ठभूमि जाँच लिइन्छ ।
६. शारीरिक परीक्षण (Physical Test): यस चरणले उम्मेदवारहरूको शारीरिक परीक्षण गरी तिनीहरूलाई नियुक्ति दिने वा नदिने निर्णय गर्दछ ।
७.सुपरिवेक्षकद्वारा अनुमोदन (Approval by Supervisor): शारीरिक परीक्षणवाट पनि योग्य ठहरिएका उम्मेदवारहरूलाई यस चरणमा सुपरिवेक्षकद्वारा अनुमोदन लिइन्छ । भविष्यमा जुन शाखामा रही कार्यसम्पादन गर्ने हो, सो शाखाको सुपरिवेक्षकद्वारा अनुमोदन प्राप्त
गर्नु निकै महत्त्वपूर्ण मानिन्छ ।
८. पदस्थापना (Placement): अघिल्ला छनोट चरणबाट सफल उम्मेदवारहरूलाई यस चरणमा पदस्थापना गरिन्छ र पदअनुरूप कार्यभार दिइन्छ। तब उम्मदेवार कर्मचारीमा परिणत हुन पुग्दछ ।

भर्ना तथा छनोटको भिन्नता (Difference between selection and recruitment )

 भिन्नताको शीर्षक  भर्ना छनोट
 आकर्षक तथा चयन( Attraction &Selection) भर्नाले धेरै संख्यामा आवेदकहरु आकषिर्त गर्दछ।यसले आवेदकहरु मध्येबाट थोरै संख्यामा उत्कृष्ट व्यक्तिहरु चयन गर्दछ।
 क्रम(serial) छनोट प्रक्रिया भन्दा पहिले भर्ना कार्य गरिन्छ।भर्ना पछि छनौट कार्य गरिन्छ।
 उदेश्य (objectives)सम्भावित उम्मेदवारहरु लाई संस्थाप्रति आकर्षित गर्नु हो।आवेदकहरु मध्येबाट योग्य व्यक्ति चयन गर्नु हो।
 स्रोत (Sources)भर्नाको मुख्य दुई आन्तरिक स्रोत र बाह्य स्रोत हुन्छन् । छनोटको मुख्य स्रोत नै भर्ना हो।
 प्रत्येक्ष भेट (Direct meeting)यसले उम्मेदवार तथा रोजगारदाताबिच प्रत्यक्ष भेटघाट गराउँदैन यसले उम्मेदार तथा रोजगारदाताबिच प्रत्यक्ष भेटघाट गराउन्छ्।
 मुल्यांकन (Evaluation)यस अन्तर्गत आवेदकहरु को कुनै परीक्षा र मूल्यांकन गरिदैन।यस प्रक्रिया अन्तर्गत विभिन्न चरणमा आवेदकहरूको मूल्यांकन गरिन्छ।
 प्रक्रिया (process) यसका खास चरणहरु हुँदैनन्। यस चरणका निश्चित चरण हरु हुन्छन्।

नेपाली संगठनमा भर्ना तथा छनोट प्रक्रियामा समस्याहरु (Problems in the recruitment and selection process in Nepali organizations)

नेपाल एक सानो अल्पविकसित राष्ट्र हो।  यहाँ ठूल्ठूला संगठनहरूको संख्या ज्यादै न्यून छ भने स-साना संगठनहरूको सङ्ख्या अधिक रहेको हाम्रो देशमा भर्ना तथा छनोट प्रक्रिया परम्परागत, सरल तथा संकुचित छ। नेपाली संगठनमा भर्ना तथा छनोट प्रक्रियाका समस्याहरु निम्नानुसार छन्।
  1. र्ना नीति तथा रणनीति (Recruitment Policy and Strateg: नेपाली संगठनमा भर्ना नीति स्पष्ट छैन।भर्ना सम्बन्धित रणनीतिको अभाव छ। यसले गर्दा कतिपय पदहरुमा गलत व्यक्ति छनोट हुन गएको भेटिन्छ्।
  2. भर्ना योजना (Recruitment Plan): प्राय: नेपाली संगठनहरुले मानव संसाधन भर्नाका लागी प्रभावकारी योजना तर्जुमा गरेको पाइदैन। प्राप्त अध्ययन, विश्लेषण बिना सामन्य मार्गदर्शनको आधारमा भर्ना प्रक्रिया संचालन गरेको पाइन्छ । यसले गर्दा ठिक पदमा ठिक व्यक्ति नभएको पाउन सकिन्छ।
  3. श्रमबजार (Labour Market): नेपालमा खासगरी सामान्य शिक्षा हासिल गरेका बेरोजगारीको संख्या बढ्दो , भने विशिष्ट सीपयुक्त जनशक्तिको अभाव छ। त्यसैले कतिपय ठुला संगठनहरुले बिदेशबाट समेत विशिष्ट सीपयुक्त जनशक्तिको भर्ना तथा छनोट गरेको पाइन्छ।
  4. छनौट (Selection): प्राय: नेपाली संगठनहरुमा सामान्य र छोटो छनोट प्रक्रिया अवलम्बन गरेको पाइन्छ । केबल लिखित र अन्तरबार्ताको आधारमा कर्मचारीको छनोट गरेको पाइन्छ भने स्वास्थ परिक्षण गर्ने प्रचलन कम छ।
  5. व्यक्तिगत निर्णय (Individual Judgment): खासगरी निजी तथा साना संगठनहरुमा संगठन मालिकले व्यक्तिगत निर्णय गरी कर्मचारी छनोट गर्दछ। प्राय: संगठनहरुमा नातावाद र कृपावाद लागु भएको पाइन्छ।
  6. उम्मेदवार सङ्ख्या (Number of Candidates): नेपाली श्रम बजारमा बेरोजगारीको संख्या बढ्दो छ। यसर्थ, प्राय: भर्ना प्रक्रियामा अपेक्षा गरे भन्दा बढी उम्मेदवारहरुले दर्खास्त फारम भर्ने गर्छन् ।यसले गर्दा छनोट प्रक्रियामा जटिलता थपेको हुन्छ।

Old question of RBB level-4

  1. कर्मचारी भर्ना तथा छनोट कसरी गरिन्छ?  2076-03-14 ( cash) 10 mark.
  2. भर्ना भनेको के हो? राष्ट्रिय बाणिज्य बैंकमा भर्ना तथा छनोटका समस्याहरु उल्लेख गर्दै यसलाई थप प्रभावकारी बनाउन के गर्नु पर्ला लेख्नुहोस्। 2+4+5= 10 marks.

कार्य विश्लेषण भनेको के हो ? What is job analysis ?

कार्य विश्लेषण भनेको के हो ? What is job analysis ?





कुनै काम तथा विषयवस्तुको अध्ययन गरि विस्तृत विवरण तयार गर्ने प्रक्रियालाई कार्य विश्लेषण भनिन्छ । कुनै पनि संगठन अथवा व्यवस्थापनमा कार्यरत कर्मचारीहरूको कार्य सम्पादन गर्नुपर्ने कार्य सम्पादन विधि, सीप, योग्यता, अनुभव एवं दक्षताको अध्ययन गरी सूचना संकलन गर्ने विधिलाई कार्य विश्लेषण भनिन्छ । कार्य सम्पादन सम्वन्धी सम्पुर्ण  गतिविधिहरूको क्रमबद्ध खोजीनीति गरिएको हुन्छ । यो सूचना संकलन एवं अध्ययन गर्ने प्रक्रिया हो ।यसले कार्यविवरण, कार्य विशिष्ट विवरण र कार्य मुल्यांकन गर्नका लागि सूचना उपलब्ध गराउन्छ।

कार्यविश्लेणका उदेश्यहरु ( Purpose of job analysis )

संगठनको लक्ष्य हासिल गर्नका लागि प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्नुपर्छ । यसका लागी प्रभावकारी ढङ्गले मानव संसाधनको उचित व्यवस्थापन गर्नुपर्छ ।मानव संसाधनबाट निपुणतापुर्वक काॠ सम्पादन गर्न सहयोग पुर्याउनु नै कार्य विश्लेषणको उदेश्य हो। बुदागत रुपमा कार्य विश्लेषणका मूलभूत उदेश्यहरु निम्नानुसार छन।
  1. कार्यविवरण तयार गर्ने (Preparation of job description)
  2. कार्यविशिष्ट विवरण तयार गर्ने (Preparation of job specification)
  3. कार्यमूल्याङ्कन तयार गर्ने (Preparation of job evaluation)
  4. कार्यसम्पादन मापदण्ड तयार गर्ने (Prepare job performance standard)
  5. मानव संसाधन योजना तयार गर्ने (Prepare HR planning)
  6. कार्यढाँचा तयार गर्ने (Prepare job design)
  7. अन्य (Others)

1.कार्यबिवरण तयार गर्ने (Preparation of job description):

कुनै पदमा रहेर कर्मचारीले सम्पादन गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारीसम्बन्धी विवरणलाई कार्यविवरण भनिन्छ । कार्यविवरण तयार गर्नको लागि कार्यविश्लेषणले आधारभूत सूचनाहरु उपलब्ध गराउँछ । त्यसैले कार्यविवरण तयार गर्ने उद्देश्यले पनि सङ्गठनमा कार्यविश्लेषण गरिन्छ।

2. कार्यविशिष्ट बिबरण तयार गर्ने (Preparation of job specification):

कुनै पदमा रही सफलतापूर्वक कार्यसम्पादन गर्नका लागि व्यक्तिमा हुनुपर्ने न्यूनतम सीप, योग्यता र गुणसम्बन्धी विवरणलाई कार्यविशिष्ट विवरण भनिन्छ । यो विवरण तयार गर्न पनि कार्यविश्लेषणका सूचनाहरू आवश्यक पर्दछ। यसको एक महत्त्वपूर्ण उद्देश्य कार्यविशिष्ट विवरण तयार गर्नु पनि हो ।

3. कार्यमूल्याङ्कन तयार गर्ने (Preparation of job evaluation):

सङ्गठनको लक्ष्य हासिल गर्नका लागि कुनै पद वा कार्यको योगदान वा मूल्य निर्धारण गर्ने विधिलाई कार्यमूल्याङ्कन भनिन्छ । प्रभावकारी कार्यविश्लेषणका लागि कार्यविश्लेषणबाट भरपर्दो सूचना उपलब्ध हुन्छ। यसले कर्मचारीहरु को काम अनुसार उचित तलब र ज्याला निर्धारण गर्न सहयोग गर्छ।

4. कार्यसम्पादन मापदण्ड तयार गर्ने (Prepare job performance standard):

कर्मचारीले कार्यसम्पादन गर्ने बारे मापदण्ड निश्चित गर्नु नै कार्यविश्लेषणको उद्देश्य हो । यसले सङ्गठनको लक्ष्य हासिल गर्नका लागि आवश्यक न्यूनतम कार्यस्तर निर्धारण गर्दछ । संगठनको आवश्यकताअनुसार गुणात्मक तथा संरचनात्मक मापदण्ड निर्धारण गर्न सकिन्छ । यसले कार्यसम्पादन मूल्याङ्कन प्रक्रियामा सहयोग गर्दछ।

5. मानब संसाधन योजना तयार गर्ने (Prepare HR planning):

मानव संसाधन योजना तर्जुमा गर्नका लागि संगठनमा सम्पादन गर्नुपर्ने सम्पूर्ण कार्यहरूको विस्तृत विवरण आवश्यक पर्दछ । कार्यविश्लेषणले तत्सम्बन्धी सूचना र जानकारीहरू उपलब गराउँछ । यसैको आधारमा मानव संसाधन योजना तर्जुमा गरिन्छ ।

6. कार्यढाँचा तयार गर्ने (Prepare job design):

कार्यढाँचा संगठनको एक महत्त्वपूर्ण विवरण हो । संगठनको लक्ष्य हासिल गर्नको लागि सम्पादन गर्नुपर्ने क्रियाकलापहरूको जानकारी पाउने उद्देश्यले कार्यढाँचा तयार गरिन्छ।
कार्यढाँचा तयार गर्नका लागि सहयोग पुयाउनु कार्यविश्लेषणको एक महत्त्वपूर्ण उद्देश्य हो।

7. अन्य उदेश्यहरु (Others)

  • विभिन्न कार्यहरु बीच समन्वय कायम गर्ने,
  • भर्ना छनोट तालिम कार्यक्रमलाई सहयोग गर्ने,
  • कार्यसम्पादनका लागी आवश्यक यन्त्र औजार पत्ता लगाउने,
  • पारिश्रमिक निर्धारण गर्न सहयोग गर्ने

कार्यविश्लेषण सूचना सङ्कलन (Collecting Job Analysis Information)

सङ्गठनमा प्रभावकारी कार्यसम्पादनका लागि कार्यसम्बन्धी पर्याप्त र यथार्थ जानकारी आवश्यक पर्दछ। कार्यविश्लेषणले कार्यसम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध गराउँदछ। कार्यविश्लेषण प्रभावकारी तुल्याउनका लागि पर्याप्त मात्रामा सूचनाहरू उपलब्ध हुनुपर्दछ। ती सूचना भरपर्दो पनि हुनुपर्दछ। कार्यविश्लेषणका लागि सङ्गठन र कामबारे यथार्थ सूचना संकलन गर्नुपर्दछ। यसरी सूचना सङ्कलन गर्दा अनेक कुराहरूमा ध्यान दिनुपर्दछ। कार्यविश्लेषणका लागि सूचना सङ्कलन गर्दा मुख्यतः निम्न कुराहरूमा ध्यान दिनुपर्दछ:

1. सूचना सङ्कलन गर्ने विधि ( Methods for Collecting Information)

(क) प्रश्नावली विधि (Questionnaires methods)
(ख) अवलोकन विधि (Observation methods)
(ग) अन्तर्वार्ता विधि (Interview methods)
(घ) कर्मचारी डायरी विधि (Employee log methods)
(ङ) प्राविधिक सम्मेलन विधि (Technical conference methods)
(च) सम्मिश्रण विधि (Combination methods)

2. सूचनाका स्रोतहरू (Sources of Information)

(क) कर्मचारी (Workers)
(ख) सुपरिवेक्षक (Supervisor)
(ग) विशेषज्ञ (Expert)
(घ) कार्य सिंहावलोकन समिति (Job review committee)
(ङ)भौतिक वा अमानवीय स्रोत (Physical or non-human sources):

3. सूचनाका प्रकार (Types of Information)

(क) कार्य मूल्याङ्कन (Work activities)
(ख) श्रमिक क्रियाकलाप (Workers activities)
(ग) यन्त्र र पदार्थ (Machines and materials)
(घ) कार्य वातावरण (Job environment)
(ङ) कार्यसम्पादन स्तर(Job perfromance standard)

कार्यविश्लेषण गर्ने विधिहरू(Techniques of Job Analysis)

कार्य विश्लेषण गर्ने अनेक विधिहरु हुन्छन्। फरक-फरक परिस्थितिमा फरक-फरक कार्य विश्लेषण विधि प्रयोग गर्नु पर्छ। यी विधिहरु कुनै सरल हुन्छन् भने कुनै जटिल, कुनै मितव्ययी हुन्छ भने कुनै खर्चिलो हुन्छन् । तेसैले संगठनको परिस्थिति, बाताबरण तथा उदेश्य बमोजिम उपयुक्त प्रबिधिबाट कार्य विश्लेषण गर्नु पर्छ। काॠविश्लेषण प्रबिधिलाई निम्नअनुसार वर्गीकरण गर्न सकिन्छ।

1. कार्य केन्द्रित विधिहरू (Job Focused Techniques) 

संगठनको लक्ष्य हासिल गर्नको लागि कर्मचारीहरुले अनेक कार्यहरु सम्पादन गर्नु पर्दछ । ती कामहरु प्रभावकारी तथा मितव्ययी तुल्याउनका लागी कार्य केन्द्रित प्रबिधिबाट कार्य विश्लेषण गर्नुपर्छ। संगठनका कार्यहरुमा केन्द्रित रहेर निम्न प्रबिधिबाट संगठनमा कार्यविश्लेषन गर्न सकिन्छ।
१. कार्यगत कार्यविश्लेषण प्रविधि (Functional job analysis techniques)
  • श्रमिक कार्यविश्लेषण (Workers functions analysis)
  • श्रमिक क्षेत्र विश्लेषण  (Workers fields analysis)
  • श्रमिक उत्पादन विश्लेषण (Workers products analysis)
  • श्रमिक विशेषता विश्लेषण (Workers traits analysis)
२. पद्धति विश्लेषण (Methods Analysis)
३. हे योजना (Hay Plan)

2. व्यक्ति केन्द्रित विधिहरू(Person Focused Techniques)

सफल कार्यको प्रभावकारिता काम गर्ने कर्मचारीमा निर्भर गर्दछ। संगठनमा कार्यरत कर्मचारीहरु सिपीयुक्त, क्षमतावान, अनुशासित र ईमानदार छन भने काम पनि प्रभावकारी हुन्छ। कतिपय अवस्थामा व्यक्ति केन्द्रित भएर कार्य गर्नु पर्ने हुन्छ जसले गर्दा निर्धारित लक्ष्य हासिल गर्न सजिलो हुन्छ। यस अन्तर्गत निम्न विधिहरु छन।
१. पद विश्लेषण प्रश्नावली(Position analysis  questionnaire)
२. गम्भीर घटना विधि (Critical incident techniques)
३.शारीरिक योग्यता विश्लेषण(Physical fitness analysis)

कार्यविवरण ( Job description)

कार्य विवरणले कुनै पदमा रही कर्मचारीले गर्नुपर्ने काम कर्तब्य बारे जानकारी दिन्छ। कुनै पदमा रहि कर्मचारीले के काम, कहिले गर्नुपर्छ भन्ने कुराको विस्तृत विवरण अथवा सूचीलाई कार्यविवरण भनिन्छ। विवरण तयार गर्ने मुख्य आधार कार्यविश्लेषण हो।  कार्यविश्लेषण बाट प्राप्त सूचनाको आधारमा संगठनमा खास पदको सम्पूर्ण जानकारी समबेश गरि कार्य विवरण तयार गरिन्छ् । साथै सोही पदमा रही व्यक्तिले वहन गर्नुपर्ने काम कर्तव्य र अधिकार सम्बन्धी जानकारी, कर्मचारीले काम गर्दा प्रयोग गर्नुपर्ने यन्त्र, औजार र उपकरणको विवरण तथा काम गर्दा आउनसक्ने कठिनाइ र जोखिम पनि यसमा उल्लेख गरिएको हुन्छ।

कार्यविवरणका विषयसूची ( Contants of job description )

सामान्यतया कार्य विवरणमा बुदागत रुपमा निम्न विषयसूची र जानकारी समावेश गरिएको हुन्छ ।
१. पदको नाम, तह र सङ्केत नम्बर,
२. विभाग वा शाखा,
३. पदका सङ्क्षिप्त विवरण,
४. मुख्य काम र कर्तव्यहरू,
५. जिम्मेवारी  तथा  उत्तरदायित्व,
६.सुपरिवेक्षण गर्ने व्यक्ति वा शाखा,
७.कामको गुण वा विशेषताहरू
८. प्रयोग गर्नुपर्ने यन्त्र र औजारहरू,
९. काम गर्दा आउन सक्ने चुनौती र कठिनाइ

कार्य विशिष्ट विवरण ( Job specification)

कर्मचारीमा हुनुपर्ने न्यूनतम सीप र विशेषता उल्लेख भएको विवरणलाई कार्य विशिष्ट विवरण भनिन्छ। कार्य विशिष्ट विवरणमा दक्षताका साथ कार्य सम्पादन गर्नको लागि कर्मचारीहरुमा भएको सीप, योग्यता, अनुभव, शिक्षा, शारीरिक बनोट तथा अभिरुचि सम्बन्धि जानकारीहरु व्यवस्थित तरिकाले उल्लेख गरिएको हुन्छ।  प्राप्त सूचनाको आधारमा यो विवरण तयार पारिन्छ।यसका आधारमा संगठनमा मानव संसाधन भर्ना,  छनोट, पदस्थापना, सरुवा तथा बढुवा आदि गरिन्छ।

कार्यविशिष्ट विवरणका विषयसूची ( Contents of job specification)

  • पद ( Post/ title), तह ( position )
  • शिक्षा (Education), ज्ञान ( Knowledge)
  • तालिम ( Training), अनुभव (Experience)
  • क्षमता (Ability), सीप (Skill)
  • कौशल ( Aptitude), विपरीत सङ्केत ( Contra indicators)

कार्य मूल्याङ्कन (Job evaluation)

कार्य मूल्यांकन भनेको विभिन्न पदहरूको जिम्मेवारी, उत्तरदायित्व र कर्मचारीमा हुनुपर्ने ज्ञान सीपको तुलनात्मक अध्ययन हो। संगठनको लक्ष्य प्राप्तिमा कुनै खास पदको के कति भूमिका रहेको छ र यसले कति योगदान प्रदान गर्दछ भन्ने बारे कार्य मुल्यांकनले लेखाजोखा गर्दछ। संगठनमा काम अनुसार उचित तलव वा ज्यालादर निर्धारण गर्नकालागी कार्य मूल्याकंन गर्नुपर्छ।

कार्य मुल्यांकन गर्ने विधिहरु ( Methods of job evaluation )

कार्य मुल्यांकन गर्ने अनेक विधिहरु छन्। ती मध्ये प्रमुख विधिहरु निम्नानुसार छन्।
  1.  तुलना विधि (Ranking method)
  2. कार्य विभाजन र तह निर्धारण (Job classification and grading methods)
  3. परम्परागत परिमाणात्मक प्रविधि (Conventional quantitative technique)
  4. समयावधि र क्षमता विधि (Time span of discretion method)
  5. निर्णय समूह (Decision banding)
  6. मार्गदर्शन चार्ट विधि (Guide chart method)
  7. समस्या समाधानको क्षतिपूर्ति विधि (Problem-solving compensable)

कार्यढाँचा ( Job design)

कुनै खास पदमा रही व्यक्तिले गर्नुपर्ने काम कर्तव्य सम्बन्धी विवरणलाई कार्यढाँचा (Job design) भनिन्छ। अर्को शब्दमा, निर्धारित पदमा रही कर्मचारीले के के काम, कहिले र कसरी सम्पादन गर्नुपर्दछ भन्नेबारे लिखित रूपरेखा वा खाकालाई कार्यढाँचा भन्न सकिन्छ। यसले पदअनुसार कर्मचारीको काम, कर्तव्य र अधिकार सुनिश्चित गर्दछ। कार्यढाँचा एक लिखित व्यहोरा हो, जसको अध्ययन गरेर कर्मचारीले आफ्नो कामबारे
सही जानकारी प्राप्त गर्दछ। यसबाट काम गर्ने उत्तम विधि र प्रक्रियाबारे ज्ञान पाउन सकिन्छ। कार्यढाँचा एक कार्यतालिका हो । यसले कर्मचारीको कुन कार्य महत्त्वपूर्ण छ, कुन कार्य महत्त्वपूर्ण छैन भन्ने कुराको ज्ञान दिन्छ। कार्यविश्लेषण गर्नका लागि आधारको रूपमा कार्यढाँचालाई प्रयोग गरिन्छ।
कार्यढाँचाले निम्न जानकारीहरू उपलब्ध गराउँछ:
  • कर्मचारीको काम, कर्तव्य र उत्तरदायित्व,
  • काम गर्ने विधि, प्रक्रिया तथा समयावधि,
  • कर्मचारीको निर्णय गर्ने अधिकार 
  • कर्मचारीको सहकर्मी, हाकिम, तथा सहायक सँगको सम्बन्ध।
कार्यढाँचा तयार गर्दा निम्न तत्वहरु मा ध्यान दिनु पर्छ।
  1. सङ्गठनको लक्ष्य हासिल गर्नका लागि व्यक्तिले गर्नुपर्ने सम्पूर्ण कार्यहरू स्पष्ट उल्लेख गर्नुपर्दछ,
  2.  उत्कृष्ट ढङ्गबाट सम्पादन गर्ने विधि (Technique) उल्लेख हुनुपर्दछ,
  3. कार्य चुनौतीपूर्ण हुने गरी ढाँचा तर्जुमा गर्नुपर्दछ,
  4. नयाँ तथा चाखलाग्दा विधि र प्रक्रिया समावेश हुनुपर्दछ,
  5. काम गर्दा पर्याप्त स्वायत्तता प्रदान गर्नुपर्दछ,
  6. आन्तरिक पुरस्कार (Intrinsic reward) पाउने गरी कार्यढाँचा तयार गर्नुपर्दछ,
  7. बढी फुर्सद हुने गरी ज्यादै कम काम भार दिनुहुँदैन,
  8. भ्याउन मुस्किल हुने गरी धेरै कार्यभार पनि दिनुहुँदैन,
  9. आत्मनिर्भर भई काम गर्ने व्यवस्था मिलाउनुपर्दछ,

कार्यढाँचाका लाभहरु (Benefits of job design)

  1. संगठनको संरचना ( Organization structure )
  2. उच्च उत्पादकत्व (High productivity )
  3. कार्यसन्तुष्टि ( Job satisfaction)
  4. उत्प्रेरणा ( Motivation )
  5. व्यक्ति र कार्य मिलान (Person job fit)
  6. असल श्रम सम्बन्ध (Good labour relation)
  7. असल कार्य जीवनको गुण (Better quality of work life)
  8. उत्कृष्ट मनव संसाधनको प्राप्ति (Acquisition of best HR)
  9. लक्ष्य प्राप्ति (Goal achivement)
Bonus Question / Old question of RBB bank level-4
  • कार्य विश्लेषण भनेको के हो ? कार्यालयमा यसको महत्व बारे प्रष्ट पार्नुहोस्।2074-11-5 ( प्रशासन) 4+6=10 Mark
  • कर्मचारीको कार्य विवरण कसरी तयार पारिन्छ? प्रष्ट पार्नुहोस्। 2074-12-17 ( नगद)
  • कार्य विवरण भनेको के हो ?बैंकमा तयार पारिएको कार्य विवरणको नमुना तयार पार्नुहोस्।

मानव संसाधन व्यवस्थापन भनेको के हो? यसका उद्देश्य, कार्य, विशेषता र चुनौतीहरु के के हुन् ?


मानव संसाधन व्यवस्थापन भनेको के हो?what is Human Resource Management?

  संगठनको लक्ष्य हाँसिल गर्नको लागि मानव संसाधनको प्रभावकारी उपयोग गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियालाई मानव संसाधन व्यवस्थापन भनिन्छ। यसअन्तर्गत मानव संसाधनको प्राप्ति (acquisition), विकास development ), उपयोग (utilization) र सम्भार (maintenance) सम्बन्धी कार्यहरु पर्दछन् । संगठनको लक्ष्य हासिल गर्नको लागि मानव संसाधन व्यवस्थापन अन्तर्गत यसका सम्पूर्ण कार्यहरूको प्रभावकारी योजना तर्जुमा गरिन्छ र उपलब्ध संसाधनको अधिकतम सदुपयोग गरिन्छ।
अझै स्पष्टको लागि
  • मानव संसाधनले संगठनमा कार्यरत सम्पुर्ण कामदार एवं कर्मचारीलाई जनाउन्छ।
  • मानव संसाधन बिना संगठन मृत्युतुल्य हुन्छ ।
  • संगठन भित्र रहेका औजार , यन्त्र , कच्चापदार्थ ,बैंक मौज्दात जस्ता सम्पूर्ण भौतिक साधनलाई गति प्रदान गर्नको लागी मानव संसाधन अत्यावश्यक छ।
  • आफुले चाहेबमोजिम अरुबाट कार्यसम्पादन गराउनु र लक्ष्य हासिल गर्नु नै व्यवस्थापन हो।
  • यस अन्तर्गत लक्ष्य हासिल गर्नका लागि (POSD Co) योजना तर्जुमा गर्ने, संगठन गर्ने, कर्मचारी व्यवस्थापन गर्ने , निर्देशन गर्ने तथा नियन्त्रण गर्ने जस्ता सम्पुर्ण क्रियाकलापहरु पर्दछन।
  • कर्मचारी व्यवस्थापनको विकसित रुप नै मानव संसाधन व्यवस्थापन हो।

मानव संसाधन व्ययवस्थापनका उदेेेश्यहरु (Objectives of HRM)

संगठन अनेक प्रकारका हुन्छन्।  संगठनको लक्ष्य अनुसार मानव संसाधन व्यवस्थापनको उद्देश्यमा पनि भिन्नता आउन सक्छ। वास्तवमा संगठनको लक्ष्य हासिल गर्नका लागि उपलब्ध साधनहरूको प्रभावकारी परिचालन गर्नु, उत्पादकत्व वृद्धि गर्नु, कार्य सन्तुष्टि बढाउनु , HR planning गर्नु पनि यसको मुख्य उद्देश्य हो । यसका उदेश्यलाई बुदागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ।
  1. संगठनात्मक उदेश्य (organizational Goal)
  2. सामाजिक उदेश्य (Social Goal)
  3. कार्यगत उदेश्य (Functional Goal)
  4. व्यक्तिगत उदेश्य (Individual Goal)
  5. लक्ष्य समन्वय (Goals Harmony
1.संगठनात्मक उदेश्य (organizational Goal)

संगठनका अनेक लक्ष्य एवं उदेश्यहरु हुन्छन् । ति उद्देश्यहरु मुनाफा आर्जन सम्बन्धि, सेवासम्बन्धी अथवा विस्तार विकाससम्बन्धी पनि हुनसक्छन् ।संगठनको उद्देश्य हासिल गर्नको लागि उपलब्ध मानव संसाधनको अधिकतम सदुपयोग गर्नुपर्दछ।

2. सामाजिक उदेश्य (Social Goal)

मुनाफा आर्जन गर्नु मात्र संगठनको उद्देश्य होइन। समाज र देश प्रति  पनि संगठनको निश्चित दायित्व हुन्छ। उपभोक्ताहरुलाई न्यूनतम  मुल्यमा स्तरीय वस्तु उपलब्ध गराउने, प्रदुषण  नियन्त्रण गर्ने,  रोजगारी वृद्धि गर्ने, कर्मचारी कल्याण सम्बन्धी कार्यहरु संगठनको सामाजिक दायित्व भित्र पर्दछन् र संगठनले ती सामाजिक दाइत्व पुरा गर्नु पर्दछ।

3.कार्यगत उदेश्य (Functional Goal)

निर्धारित लक्ष्य हासिल गर्नका लागि संगठनमा अनेक प्रकारका कार्यहरु गर्नु पर्दछ। ति कार्यहरु प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण उद्देश्य हो । यसअन्तर्गत संगठनका लागि उत्कृष्ट जनशक्ति प्राप्त गर्ने विकास गर्ने, उत्प्रेरणा गर्ने, उपयोग गर्ने र सम्भार गर्ने सम्बन्धी कार्यहरु पर्दछन् । संगठनमा अधिक कर्मचारी नहोस् र न्युन कर्मचारी पनि नहोस अर्थात् संगठनको आवश्यकताअनुसार उचित सिप र योग्यता भएका आवश्यक संख्यामा मात्र मानव संसाधन होस् । यसले कार्यगत उद्देश्य हासिल गर्न मद्दत गर्दछ।

4. व्यक्तिगत उदेश्य (Individual Goal)

मानव संसाधन व्यवस्थापनको अर्को उद्देश्य कर्मचारीहरुको व्यक्तिगत आकांक्षा पुरा गर्नु हो । कर्मचारीहरुलाई पर्याप्त तलब , ज्याला , सुरक्षा व्यवस्था मिलाउने,  वृद्धि विकास गर्ने, कार्य सन्तुष्टि प्रदान गर्ने आदि व्यवस्था गरि मानवसंसाधन व्यवस्थापकले कर्मचारीहरूको व्यक्तिगत उदेश्य पुरा गर्दछ।

5. लक्ष्य समन्वय (Goals Harmony)

संगठनमा विविध पक्षहरु हुन्छन् जस्तै लगानीकर्ता, व्यवस्थापक, कर्मचारी उपभोक्ता आदि।यि पक्षहरूको लक्ष्य र चाहना पनि फरक फरक हुन्छन् ।लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा र अधिक प्रतिफल चाहन्छ ।व्यवस्थापक अधिक उत्पादकत्व र प्रतिफल चाहन्छ। कर्मचारी कम मेहनतमा बढी पारिश्रमिक चाहन्छन्। यस्तै उपभोक्ताहरुले न्यून मूल्यमा स्तरीय  सामान र सेवाको अपेक्षा राख्दछन। यि सम्पुर्ण लक्ष्यहरु बीच तालमेल मिलाउनु, सन्तुलन कायम गर्नु तथा समन्वय गर्नु पनि HRM को उदेश्य हो।

मानव संसाधन व्यवस्थापनका कार्यहरु (functions of Human resources Management )

संगठनको प्रकृतिअनुसार मानव संसाधन व्यवस्थापनका कार्यमा केही बिबिधता आउन सक्छ। समग्र रूपमा  मानव संसाधन व्यवस्थापनका कार्यहरु निम्नानुसार छन्।

1. मानव संसाधनको प्राप्ति ( Acquisition of HR)

संगठनको सफलता कर्मचारीको सक्षमतामा निर्भर रहन्छ। यसर्थ, व्यवस्थापकले सक्षम र योग्य कर्मचारीहरुको प्राप्त गर्नुपर्दछ । यसका प्रभावकारी भर्ना, छनौट, पदस्थापना, मानव संसाधन योजना र सामाजिकीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ।

2.मानव संसाधनको विकास (Development of HR)

संगठनको लक्ष्य प्राप्तिका लागि सिपयुक्त र योग्य मानव संसाधन आवश्यक पर्दछ। संगठनको आवश्यकता अनुरुप कर्मचारीलाई  सिप, योग्यता तथा क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालन गर्नुपर्दछ। परिवर्तित वातावरण अनुसार नयाँ सीप र ज्ञान सिकाउनुपर्छ।

3.मानव संसाधनको उपयोग ( Utilization of HR)

प्रभावकारी ढङ्गबाट मानव संशाधनको प्राप्ति तथा विकास कार्य गरिसकेपछि तेस्रो चरणमा उनीहरूको अधिकतम उपयोग गर्नु पर्दछ। यो नै मानव संसाधन व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण कार्य हो । यो चुनौतीपूर्ण पनि हुन्छ । यस अन्तर्गत HR लाई प्रभावकारी उत्प्रेरणा प्रदान गर्ने, कार्यसम्पादन मुल्यांकन गर्ने, पारिश्रमिक व्यवस्था गर्ने, पुरस्कार व्यवस्थापन गर्ने, अनुशासन कायम गर्ने , कार्यभार सुम्पने, मार्गदर्शन प्रदान गर्ने जस्ता कार्यसम्पादन गर्नु पर्दछ ।

4.मानव संसाधनको सम्भार (Maintenance of HR)

सीपयुक्त, निपूर्ण तथा कितिबद्व कर्मचारीहरु संगठनका अमुल्य सम्पत्ति हुन्।यसको उचित सम्भार गर्नुपर्छ। राम्रो कर्मचारीलाई कार्य सन्तुष्टि  दिन तथा संगठनमा टिकाइ राख्नु नै मानव संसाधनको सम्भार गर्नु हो। असल मानवीय सम्बन्ध कायम गर्ने, असल कार्यवातावरण कायम गर्ने, कर्मचारी कल्याण गर्ने कार्यक्रम संचालन गर्ने, मानव संसाधन अभिलेख गर्ने जस्ता कार्यहरु प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्नु पर्छ।

मानव संसाधन व्यवस्थापनका चुनौतीहरु ( Challenges of HRM)

आज संगठनहरु बीच प्रतिस्पर्धा बढेको छ। संगठनको स्वरुप र आकार झन झन ठूलो हुदै गएको छ। उपभोक्ता एवं कर्मचारीहरु चेतनशील र सचेत भएका छन् । यस्तो गहन परिस्थितिमा मानव संसाधनको प्रभावकारी व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण भएको छ। परिवर्तनशील वातावरणले यसलाई अरु बढी चुनौतिपूर्ण बनाइदिएको छ। समग्ररुपमा मानव संसाधन व्यवस्थापनका चुनौतीहरु निम्नानुसार छन।

  1. विश्वव्यापीकरण
  2. प्राविधिक परिवर्तन
  3. श्रमशक्तिमा विविधिकरण
  4. परिवर्तन व्यवस्थापन
  5. जटिलता
  6. कानुनी वातावरण
  7. सिकाइ संगठन
  8. नयाँ चासोहरु
  9. अस्थायी कर्मचारी

मानव संसाधन व्यवस्थापनका विशेषताहरु ( Features of HRM)

कर्मचारी व्यवस्थापनको बिकसित रुप नै मानव संसाधन व्यवस्थापन हो। HRM  मुख्यतया संगठनमा कार्यरत कर्मचारीसँग सम्बन्धित छ। संगठनको लक्ष्य हासिल गर्नका लागि कति जनशक्ति आवश्यक छ, उनीहरूको सीप र योग्यता कतिहुनु पर्छ, उनीहरुलाई कसरी भर्ना गर्ने, छनोट गर्ने, तालिम  दिने उत्प्रेरणा गर्ने भन्ने बारे HRM मा योजना तर्जुमा गरिन्छ र कार्यान्वयन गरिन्छ । HRM का मुख्य  विशेषताहरु निम्नानुसार छन।
  1. कार्यरत मानिसको व्यवस्थापन
  2. कर्मचारी सम्बन्धी
  3. पर्णाली
  4. निरन्तर प्रकृति
  5. कर्मचारी विकास
  6. संगठन व्याप्त
  7. सामाजिक दायित्व
  8. विश्वव्यापी उपयोग
  9. लक्ष्य समन्वय
  10. रणनीतिक कार्य
  Thank you so much 

बजेट कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन ?

बजेट कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन ?
What are the things to consider while implementing the budget?

बजेटको महत्त्वपूर्ण पक्ष भनेको त्यसको सफल कार्यान्वयन नै हो।कार्यान्वयन पक्ष जति प्रभावकारी हुन्छ उक्त बजेट त्यति नै सफल मानिन्छ ।बजेट कार्यान्वयन गर्दा जहिले पनि निम्न कुरामा ध्यान दिनु पर्छ।
  1.   निर्धारित समयमा बजेट निकासा गर्ने,
  2. वित्तीय संकट आउन नदिने,
  3. तालिकाअनुसार कार्य गर्ने बाताबरणको सिर्जना गर्ने,
  4. दण्ड र पुरस्कार प्रणालीको प्रयोग गर्ने,
  5. कार्य सम्पादन प्रक्रियाको आधारमा रकम भुक्तानी गर्ने,
  6. भ्रष्टाचार र अनियमितताको नियन्त्रण गर्ने ,
  7. लेखापरीक्षणलाई प्रभावकारी बनाइनु पर्ने,
  8. कार्यप्रगति विवरणको समिक्षा,
  9. प्रभावकारी अनुगमन र मुल्यांकन व्यवस्था लागु गर्ने,
बजेट चक्र (budget cycle )
राज्री संचालन प्रक्रियामा बजेट निरन्तर रूपमा  चलिरहने प्रक्रिया हो। कुनै निश्चित समयावधिका लागी तयार गरिने बजेट उक्त अवधि समाप्त भयपछी अर्को आर्थिक बर्षमा पुनः तर्जमा गर्नुपर्ने हुन्छ। कुनै पनि बजेट तर्जुमा गर्दा यसले विभिन्न चरण पार गर्नुपर्ने हुन्छ जसमा अनुमान , स्वीकृती, भुक्तानी, लेखापरीक्षण एवं मुल्यांकन आदि चरणहरु समावेश हुन्छन् जसलाई नै बजेट चक्र भनिन्छ । यसका चरण यसरी देखाउन सकिन्छ ।
  • अनुमान 
  • स्वीकृति 
  • भुक्तानी 
  • लेखापरीक्षण 
  • मुल्यांकन 
पढ्न सजिलो हुुने तरिकाले लेेेखिएको छ ।
यसमा bank का सम्पुर्ण कुरा उपलब्ध गराउने कोसिस गर्दछु।

myself introduced



My name is raj budha . I belong to jumla itself. In my family , apart from my parents and grandmother . I have an elder brother and a sister. I am pursuing a graduation . I have done 3 months course on computer from sahara institute in 2074.  I am a fresher. I love listing to music and reading newspaper . that's all about me ,thank you.

बजेट (budget ) भनेको के हो?


बजेट भनेको के हो ? What is budget?

  1. कुनै पनि निश्चित समयावधिको आय र व्ययको अनुमानित विवरणलाई बजेट भनिन्छ।
  2. बजेट प्रक्रिया प्रशासकीय व्यवस्थापनको मुटु हो।
  3. बजेट आर्थिक प्रशासनको मेरुदण्ड हो।
  4. सरकारद्वारा प्रस्तावित कार्यक्रमको रुपरेखा हो।
  5. यसमा राजस्व असुली र व्ययको अनुमान बारे स्पष्ट व्यवस्था गरिएको हुन्छ।
  6. बजेट निश्चित समयको लागि बन्दछ यसको स्वीकृति विधायिका बाट हुन्छ ।
Budget सब्द फ्रेन्च भाषाको Bougette बाट आएको हो, जसको शाब्दिक अर्थ हुन्छ  'छालाको थैलो ' । बजेटको पहिलो प्रयोग सन् 1733 मा भयको हो ।जब वालपोलले आफ्नो छालाको थैलो खोले। विश्वमा सर्वप्रथम बजेट व्यवस्थाको बिकास बेलायत बाट भएको मानिन्छ । वि. सं. 2008 माघ 21 गतेबाट नेपालमा कानुनी रूपमा बजेटको सुरुवात भएको मानिन्छ

बजेटको उदेश्य (purpose)

  1. बिकास कार्यलाई प्रोत्साहन गर्नु।
  2. औधोगिक बिकास 
  3. रोजगारीका अवसरहरु सिर्जना गर्नु
  4. आन्तरिक एवं बाह्य स्रोतको परिचालन 
  5. सामाजिक हित एवं कल्याण गर्नु
  6. मौद्रिक नीतिमा सन्तुलन ल्याउनु ।

बजेट कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन ?
What are the things to consider while implementing the budget?



बजेटको महत्त्वपूर्ण पक्ष भनेको त्यसको सफल कार्यान्वयन नै हो।कार्यान्वयन पक्ष जति प्रभावकारी हुन्छ उक्त बजेट त्यति नै सफल मानिन्छ ।बजेट कार्यान्वयन गर्दा जहिले पनि निम्न कुरामा ध्यान दिनु पर्छ।
  1.   निर्धारित समयमा बजेट निकासा गर्ने,
  2. वित्तीय संकट आउन नदिने,
  3. तालिकाअनुसार कार्य गर्ने बाताबरणको सिर्जना गर्ने,
  4. दण्ड र पुरस्कार प्रणालीको प्रयोग गर्ने,
  5. कार्य सम्पादन प्रक्रियाको आधारमा रकम भुक्तानी गर्ने,
  6. भ्रष्टाचार र अनियमितताको नियन्त्रण गर्ने ,
  7. लेखापरीक्षणलाई प्रभावकारी बनाइनु पर्ने,
  8. कार्यप्रगति विवरणको समिक्षा,
  9. प्रभावकारी अनुगमन र मुल्यांकन व्यवस्था लागु गर्ने,

बजेट चक्र (budget cycle )

राज्री संचालन प्रक्रियामा बजेट निरन्तर रूपमा  चलिरहने प्रक्रिया हो। कुनै निश्चित समयावधिका लागी तयार गरिने बजेट उक्त अवधि समाप्त भयपछी अर्को आर्थिक बर्षमा पुनः तर्जमा गर्नुपर्ने हुन्छ। कुनै पनि बजेट तर्जुमा गर्दा यसले विभिन्न चरण पार गर्नुपर्ने हुन्छ जसमा अनुमान , स्वीकृती, भुक्तानी, लेखापरीक्षण एवं मुल्यांकन आदि चरणहरु समावेश हुन्छन् जसलाई नै बजेट चक्र भनिन्छ । यसका चरण यसरी देखाउन सकिन्छ ।
  • अनुमान 
  • स्वीकृति 
  • भुक्तानी 
  • लेखापरीक्षण 
  • मुल्यांकन 
पढ्न सजिलो हुुने तरिकाले लेेेखिएको छ ।
यसमा bank का सम्पुर्ण कुरा उपलब्ध गराउने कोसिस गर्दछु।

भोकमरीको संकेत सलह

भोकमरीको संकेत सलह किरा नेपालमा प्रवेश  

 

 कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको विभिन्न देशका नागरिकहरु लगायत नेपालीहरु समक्ष अब अर्को ठुलो चुनौती थपिने लक्षण देखिएको छ। फटयांग्रा जातको सलह किरा नेपाली किसानका सामु ठुलो चुनौती थप्न लागेको हो। यसको प्रवेश भएपछि नेपालको समग्र कृषि क्षेत्र प्रणालीलाई निकै लामो समय सम्म असर पुर्याउन सक्ने कृषिविद्हरु ले चिन्ता व्यक्त गरिरहेका छन।  यसले बालिनाली सखाप बनाउन्छ, यतिमात्र होइन यस्ले सम्पुर्ण रुखका पात, हाङ्गा, बोक्रा समेत खाएर सिध्याउन्छ।  उक्त किराको आतंक नेपालमा प्रवेश गर्न तयारी अबस्थामा रहेको विज्ञहरुले बताएका छन् ।
                 अफ्रिका मुलुक ईरान, पाकिस्तान हुदै भारतका विभिन्न क्षेत्रहरूमा छिरेको छ। भारतको नजिकैको मुलुक नेपालमा पनि प्रवेश गर्न केहि बेर लगाउदैन । यो समुहमा बस्न मनपराउने किरा हो। यसले विशेष खाद्य बाली लाई असर गर्दछ। यो 1 वर्ग कि. मि मा 4 देखी 8 करोड झुन्ड रहेको पाइन्छ । यसले 1 दिनमा, एउटा बथानले 35,000 मानिसको 1 दिनमा खाने खाना सकाउन सक्छ ।यो 1 दिनमा 130 km सम्म हिड्न सक्छ। 
                      यसलाई नेपालमा प्रवेश गर्न नदिन र नियन्त्रण गर्न आवश्यक जानकारी सहित तयारी अबस्थामा बस्नु पर्छ । जस्तै थाल, ड्रम बजाउने, पटका पट्काउने, धुवा, ध्वनि निस्किने साधन एवं  विषादीको व्यवस्था लगायत अन्य उपायहरु अबलम्बन गर्नु पर्द्छ।  यसले गर्दा भबिस्यमा आउन सक्ने ठुलो भोकमरी रोक्न सकिन्छ।
  🤔तपाईंको प्रतिक्रिया दिनुहोस् ,धन्यवाद 

कुनै पनि परिक्षामा सफलता हुने महत्त्वपूर्ण उपाय

कुनै पनि परिक्षामा सफलता प्राप्त गर्ने सजिलो उपाय 

  • कुनै पनि पाठ्यक्रममा स्पष्ट हुनै पर्छ ।
  • नियमित, निरन्तर अध्ययन, आत्मविश्वास र धैर्यता हुनु पर्छ।
  • आकर्षक लेखनशैली जरुरी हुन्छ।
  • प्रश्नले मागेको कुरा संक्षिप्त र बुदागत रुपमा उतर दिने गर्नु पर्छ जसबाट checker को मन जित्न सकिन्छ ।
  • Time management मा धेरै ध्यान दिने।
  • प्रश्नको अंकभार हेरेर मात्र उत्तर दिने जसबाट कुनै पनि प्रश्न नछुटोस।
  • मागेको वा सोधेको कुरामा मात्र सीमित रहेर उत्तर लेख्ने, जानेको होइन ।
  • लामो लामो उत्तर लेखेर पास हुने होइन, प्रश्नले मागेजती मात्र छोटो-छोटो उत्तर लेखेर पनि नम्बर प्राप्त गर्न सकिन्छ ।
  • एकै शैली र एकै किसिमको knowledge, skill ले परिक्षा अब्बल किसिमको नहुन पनि सक्छ।
  • Tution center मा लेखन शैली र समय व्यवस्थापन मात्र सिक्ने हो।

  What is human resource management?  What are its objectives, functions, characteristics and challenges? What is Human Resource Management?...